Logo

स्थानीयद्धारा नागढुंगा सुरुङमार्ग आयोजनाको कार्यालयमा तोडफोड



काठमाडौं, २८ चैत्र । दहचोक–सिस्ने खोला सुरुङ मार्ग आयोजनाका स्थानीयहरु विरोधमा उत्रिएका छन् । आयोजनाको कारण खानेपानीको मुहान सुकेको भन्दै स्थानीयले कार्यालयमा तोडफोड गरेका हुन् ।

आयोजना विरुद्ध दुई साताअघि स्थानीयले प्रदर्शन गर्दै आएका थिए । आक्रोसित स्थानीयले आयोजनाको कार्यालयको सिसा फुटाएका छन् ।

आयोजनाको कारण पानीको मुहान सुकेको र खानेपानीको व्यवस्थापन गर्ने भने पनि नगरेको भन्दै स्थानीयहरु आक्रोसित भएका हुन् ।



प्रतिक्रिया दिनुहोस्