Logo

गभर्नर निलम्बन प्रकरणमा नाम जोडिएर आएको समाचारप्रति चौधरी ग्रुपले निकाल्यो विज्ञप्ती



काठमाडौं, २८ चैत्र । नेपालकै प्रतिष्ठित व्यापारिक घराना चौधरी ग्रुपले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको पदमुक्तिका लागि सरकारले सुरु गरेको न्यायिक छानबिनमा आफूसँग जोडेर अतिरञ्जित प्रचार भएको भन्दै आपत्ति जनाएको छ ।

आज (सोमबार) चौधरी ग्रुपले एक विज्ञप्ती जारी गर्दै यस्तो स्पष्ट पारेको हो । उसले आफ्नो समूहसँग जोडेर आएको समाचार नै निराधार रहेको स्पष्ट पारेको छ । उक्त समूहले जारी गरेको विज्ञप्तीमा भनिएको छ,‘नेपाल राष्ट्र बैंकका गभर्नर निलम्बन प्रकरणमा आएका अनेक तर्कहरुमध्ये एउटा तर्क चौधरी ग्रुपसँग पनि जोडेर आएकोप्रति हाम्रो ध्यानाकार्षण भएको छ, जुन विल्कुल निराधार छ । हामीलाई लाग्छ यो समाचार पढेर स्वयम गभर्नर र अर्थमन्त्रीपनि अचम्मित हुनुभएको होला ।’

 



प्रतिक्रिया दिनुहोस्