Logo

एमालेबाट पोखरा मेयरमा दाबीः सांसददेखि केन्द्रीय सदस्यसम्म



पोखरा, चैत २९ । नेकपा (एमाले)ले पोखरा महानगरपालिकाको मेयरको उम्मेदवार मंगलबार टुंगो लगाउँदैछ। त्यसका लागि पोखरा महानगर कमिटीको बैठक बोलाइएको छ।

आज दिउँसो २ बजे बस्ने बैठकले सकभर सर्वसम्मत नभए लोकतान्त्रिक प्रक्रियाबाट उम्मेदवारको टुंगो लगाउने एमाले पोखरा महानगर कमिटी उपाध्यक्ष तेजनारायण अधिकारीले जानकारी दिए। ‘सर्वसम्मत भए एकजनाको नाम सिफारिस हुन्छ नभए एक महिलासहित तीनजनाको नाम सिफारिस हुन्छ,’ उनले भने।

एमालेबाट मेयरको उम्मेदवार बन्न दर्जन बढीको नाम चर्चामा छ। त्यसमा प्रदेशसभा सदस्यदेखि पार्टी केन्द्रीय सदस्य र स्थानीय तहका जनप्रतिनिधिसम्मले लबिङ गरिरहेका छन्। केहीले भने नाम चर्चामा ल्याउनकै लागि मात्र उम्मेदवार बन्ने भन्दै नाम सार्वजनिक गरेका छन्। नागरिक दैनिकबाट



प्रतिक्रिया दिनुहोस्