Logo

प्रवक्ता शाही घरदैलोमा खटिए



दैलेख, २९ चैत्र । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रवक्ता ज्ञानेन्द्र शाही घरदैलो कार्यक्रम अन्तर्गत दैलेखको नारायण नगरपालिका पुगेका छन् ।

शाही आज दैलेख नारायण नगरपालिकाका तिन स्थान दुल्लु, ठाँटिकाध लगाएतको कार्यक्रममा सहभागी हुँदै जनता माँझ घरदैलो कार्यक्रम  सुरु गरेका छन् ।

पार्टीले प्रवक्ता शाहीलाई केन्द्रीय प्रतिनिधिको रुपमा दैलेखमा खटाएको हो । उनी दैलेख जिल्ला राप्रपाको विभिन्न कार्यक्रमहरुमा सहभागी हुनेछन् ।

साथै, पार्टीले शाहीलाई जिल्लाको बर्तमान पार्टीको अवस्था, आगामी स्थानिय तहको निर्वाचनका लागि उम्मेदवार र जनताको जनआकांक्षाको सुपरिवेक्षण गर्ने जिम्मेवारीको साथ दैलेख खटाएको हो ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot