काठमाडौं, २९ चैत्र । पोखरा महानगरपालिकाको मेयर नेपाली कांग्रेसले पाउनु पर्ने माग गर्दै नेताहरु नेतृत्वलाई दबाब दिन काठमाडौं आएका छन् ।
महानगरको मेयरमा नेकपा (एकीकृत समाजवादी)ले दाबी गरेपछि कांग्रेसका नेताहरु आफ्नो अडान नछाड्न दबाब दिन काठमाडौं आएका हुन् ।
पुर्वमन्त्री यज्ञबहादुर थापाको नेतृत्वमा आएका जिल्ला नेताहरुले प्रधानमन्त्री तथा सभापति शेरबहादुर देउवालगायतलाई भेट्दैछन् । साथै उनीहरुले उपसभापति धनराज गुरुङ, महामन्त्रीहरु र शीर्ष नेताहरुलाई भेट गर्ने योजना बनाएका छन् ।




प्रतिक्रिया