Logo

निर्वाचन रोकिए दुर्घटनाः प्रमुख निर्वाचन आयुक्त थपलिया



विराटनगर, २९ चैत्र । प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचन रोकिए दुर्घटना हुने बताएका छन् । आज विराटनगरमा निर्वाचन अभिमुखीकरण कार्यक्रममा बोल्दै निर्वाचनको रकेट प्रक्षेपण भइसकेकाले रोकिए दुर्घटना हुने बताएका हुन् ।

निर्वाचनका सम्पूर्ण तयारीका क्रममा मतपत्र छापिएर पठाउने क्रममा रहेको बताए । उनले भने,‘निर्वाचनको रकेट प्रक्षेपण भइसकेको छ, रोकिए दुर्घटना हुन्छ ।’

चुनाव नभए लोकतन्त्र हार्ने उनको भनाई थियो । निर्वाचन अधिकृतहरु नियुक्त भएर कार्यालय स्थापनाको तयारीमा रहेको समेत बताए ।

चुनावमा आचारसंहिता कडाईका साथ लागू गर्ने बताए । उनले भने,‘मनी, मसल्स र मिडियाले जस्तोसुकै निर्वाचन जित्न सकिन्छ भन्ने भ्रम छ, यो स्थापित हुने हो कि भनेर आचारसंहिता लागू गरेका छौं ।’ निर्वाचनबारे भ्रम फैलाउन सामाजिक सञ्जालको दुरुपयोगतर्फ पनि ध्यान दिएको बताए ।-File Photo



प्रतिक्रिया दिनुहोस्

Screenshot