काठमाडौं, २९ चैत्र । शेयर बजारमा आज पनि दोहोरो अंकको गिरावट आएको छ । नेप्से परिसुचक आज ३४ दशमलव ७९ अंकले घटेर २३ सय ८५ दशमलव १ विन्दुमा थामिएको हो ।
त्यस्तै, शेयर बजार मापक सेन्सेटिभ इन्डेक्स पनि आज ५ दशमलव ७६ अंकले घटेर ४४९ दशमलव १२ विन्दुमा थामिएको हो ।
हिजो पनि दोहोरो अंकले नेप्से ओरालो लागेको थियो ।
आज २३७ कम्पनीको १ अर्ब ५२ करोड ४३ लाख ६४ हजार ४१८ रुपैयाँ बराबरको ३७ लाख ८३ हजार २४ कित्ता शेयर खरिद विक्रि भएको नेप्सेले जनाएको छ ।




प्रतिक्रिया