Logo

आयोगले गठबन्धन गर्दा महिला प्रतिनिधित्व सुनिश्चितता हुनुपर्ने निर्देशन सच्चायो



काठमाडौं, २९ चैत्र । निर्वाचन आयोग नेपालले जारी गरेको गठबन्धन गरेर चुनाव लड्ने दलहरुले प्रमु्ख वा उपप्रमुख मध्ये एक जना महिला उम्मेदवार उठाउनुपर्ने निर्देशन सच्चाएको छ । आयोगले पालिकामा प्रमुख वा उपप्रमुख मध्ये एकजना महिला हुनुपर्ने व्यवस्था बुँदा नम्बर ६ लाई सच्चाएको हो ।

आज एक विज्ञप्ती जारी गर्दै आयोगले दलहरुलाई दिएको निर्देशन बुँदा नम्बर ६ मा संशोधन गरी स्थानीय तहको प्रमुख र उपप्रमुख वा अध्यक्ष र उपाध्यक्ष पद मध्ये कुनै एक पदमा मात्र उम्मेदवारी दिने राजनीतिक दलले महिलालाई उम्मेदवार मनोनयनमा प्राथमिकता दिने हुनुपर्नेमा अन्यथा भएकोले सचाइएको उल्लेख गरेको छ ।

 



प्रतिक्रिया दिनुहोस्