काठमाडौं, २९ चैत्र । तपोभुमी ट्राभल्स एण्ड टुर्स प्रा.लि.ले नयाँ वर्षको अवसरमा बैशाख १ गते पुल पार्टीको आयोजना गर्ने भएको छ । ट्राभल्सले पेप्सीकोला टाउन प्लानिङ, स्प्ल्लास स्विमिङ फिटनेस एण्ड योगा स्टुडियोमा नयाँ वर्षमा विशेष कार्यक्रमको आयोजना गर्न लागेको हो ।
नयाँ वर्ष विशेष कार्यक्रममा लाइभ डिजे ब्याल्क, फुड र पुलपार्टी हुने ट्राभल्सका सञ्चालक निमेश सिटौलाले बताए । सिटौलाले पहिल्यै नै बुकिङ गर्नेलाई टिकटको मुल्य कम्ल्पिमेन्ट्रीसहित ४९९ रुपैयाँ र भेन्युमा पुगेर टिकट खरिद गर्नेलाई टिकटको मुल्य कम्ल्पिमेन्ट्रीसहित ७ सय रुपैयाँ लाग्ने बताए ।
सञ्चालक सिटौलाले नयाँ वर्ष विशेष कार्यक्रममा सहभागी हुन र आवश्यक सोधपुछको लागि ९८५११७७०८६ र ९८४१७८५६२४ मोबाइल नम्बरमा सम्पर्क गर्न समेत आग्रह गरेका छन् ।




प्रतिक्रिया