Logo

फोहोर व्यवस्थापन गर्न नयाँ प्रविधि



काठमाडौं, चैत ३० । सहरी क्षेत्रमा फोहोर व्यवस्थापन चुनौती बनिरहेका बेला काठमाडौँको गोकर्णेश्वर नगरपालिकाले आधुनिक प्रविधिबाट फोहोर व्यवस्थापन गर्न सुरू गरेको छ ।घरघरबाट निस्कने फोहोरलाई प्रदूषण रहित रुपमा व्यवस्थापन गर्न नगरपालिकाले गर्न जापानी प्रविधिको इन्सिनरेटर मेसिन जडान गरी सञ्चालनमा ल्याएको छ ।

नगरपालिकाको आर्थिक सहयोग र हिटा हेभी मेसिनरी एन्ड रिसाइकलप्रालिको व्यवस्थापनमा घरघरबाट निस्कने फोहोरलाई धुँवारहित रूपमा जलाउने कार्य सुरू गरिएको गोकर्णेश्वर नगरपालिकाले जनाएको छ ।नगरपालिका प्रमुख सन्तोष चालिसेले यसरी फोहोर व्यवस्थापनगर्ने गोकर्णेश्वर नगरपालिका नेपालमै पहिलो नगरपालिका भएको दाबी गरे । उनले भने,“इन्सिनरेटर मेसिन पू्र्णरूपमा सञ्चालनमाआउने क्रममा छ । यस्तै, तीनवटा मेसिन नगरपालिकाका विभिन्न स्थानमा राख्ने हो भने सिङ्गो नगरपालिकालाई फोहोर व्यवस्थापनको कुनै चुनौती हुँदैन ।”

उनकाअनुसार गोकर्णेश्वर नगरपालिका वडा नं ६ को मा बस्ती रहित स्थानमा उक्त मेसिन राखिएको छ ।नगरपालिकाले दुई वर्षअघि जापानबाट पाँच करोड रूपियाँको लागतमा उक्त मेसिन खरिद गरेको हो । जापानका हरेक सहरमा यस्तै प्रविधिबाट फोहोरको व्यवस्थापनगर्ने गरिएको पाइएकाले नेपालका लागि पनि यस्तो प्रविधि उपयुक्त हुने लागेर मेसिन ल्याइएको प्रमुख चालिसेले बताए ।

यस प्रविधिमा घरहरूबाट निस्कने आगोमा बल्ने सबै प्रकारका फोहोरलाई एकीकृत गरी नगरपालिकाले प्रदान गरेको झोलामा फोहोर हाल्न लगाइन्छ। त्यस्ता फोहोरलाई नगरपालिकाको गाडीले घरघरमा पुगेर सङ्कलनगर्छ । गाडीले मेसिन सम्म पु(याएको झोला सहितको फोहोरलाई मेसिनमा हालेर फोहोरलाई धुँवारहित रुपमा जलाउने गरिन्छ ।

हिटा हेभी मेसिनरी एन्ड रिसाइकल प्रालिका व्यवस्थापक दर्शन पुडासैनीले आगोले जलाउने सबै प्रकारका फोहोरलाई मेसिनले धुँवारहित रूपमा जलाउने बताए ।उनकाअनुसार मेसिनले ९६० डिग्रीको तापक्रममा धुँवारहित रुपमा फोहोर जलाउँछ। मेसिनले फोहोरबाट निस्केको धुँवालाई मेसिन भित्रै फिल्टर गरेर धुँवा शुद्धीकरण गरी वाफको रुपमा बाहिर फाल्छ ।

एक सय किलो फोहोर जलाउँदा एक किलो मात्र खरानी निस्कने र उक्त खरानीलाई बालुवा र सिमेन्ट मिसाएर ईटा बनाउन सकिने आजको गोरखापत्र दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot