Logo

दुर्गा प्रसाईलाई ऋषि धमलाको प्रश्न : अहिलेसम्म जति पैसा कमाउनुभयो, कसरी कमाउनुभयो ? (भिडिओसहित)



काठमाडौं, ३० चैत्र । नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा व्यवसायी दुर्गा प्रसाईले देशव्यापी रुपमा नै एमालेको जित सुनिश्चित् रहेको बताएका छन् । हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै प्रसाईले यस्तो बताएका हुन् ।

उनले कम्युनिष्टको वर्गशत्रु भनेको कांग्रेस र कांग्रेसको वर्गशत्रु कम्युनिष्ट भएको अवस्थामा अहिले कम्युनिष्ट र कांग्रेसबीच गठबन्धन हुनु आश्चर्यको विषय बनेको टिप्पणी गरे । उनले नेपाल श्रीलंकाभन्दा पनि टाट पल्टिने दाबी गरे । उनले अहिले गठबन्धनको सरकार बनेपछि नै देश टाट पल्टिने अवस्थामा पुगेको आरोप लगाए ।

कुराकानीको क्रममा धमलाले तपाईले अहिलेसम्म कसरी पैसा कमाउनुभयो ? भनेर सोधेको प्रश्नमा प्रसाईले भने,‘कुन कमाई ? लगानी मैले कहाँ कहाँ गरें त्यो त म किन भन्छु ? मैले गरेका काम सबै पारदर्शी छन् । कर तिरेको छु । यसमा कुनै द्धिविधा छैन् ।’



प्रतिक्रिया दिनुहोस्