Logo

लुट्नु पर्छ लुट भए भरको सबै लुट



लेखक : प्रकाश रायमाझी 

गठबन्धन बिना देश चल्दैन लुटतन्त्र बिना राजनीति चल्दैन।

लुट्नु पर्छ लुट भए भरको सबै लुट ।
भारतीय गुप्तचरको सल्लाह विना निर्वाचन हुँदैन।

लुट्न कै लागि विचार सिद्धान्त त्याग्नुपर्छ, गठबन्धन गर्नुपर्छ।

नदीनाला सबै बेच्नुपर्छ । सगरमाथालाई बन्धकी राख्नुपर्छ।

मौलिक परम्परा र संस्कृतिलाई भताभुङ्ग बनाउनुपर्छ अनि मात्र नेता बन्छ।

युवा जति विदेश पठाउनुपर्छ । बुढा खाडा बसेर देश हाँक्नु पर्छ ।
रगतको आहालमा डुबेर होली खेल्नु पर्छ अनि मात्र नेता बन्छ ।

विदेशीको शरणमा मरण गर्नुपर्छ अनिमात्र नेता बन्छ ।
भोट हाल्नु पर्छ रगतको छिटामा हात धुनु पर्दछ ।
परिवार इष्टमित्र नाताबादमा देश दिनुपर्छ अनि मात्रै नेता बन्छ।
भोको पेटले रोएको कसले सुन्छ !

बिदेशी बैंकमा धन जम्मा नगरे कसले नेता गन्छ । देश लुट नसके कसले नेता गन्छ।
छोरी ज्वाइँ भाइ भतिजालाई देश लुट्न नदिए कसले बहादुर भन्छ ।
लुट्नु पर्छ लुट भएजति सबै लुट।

निर्वाचन गर्नुपर्छ भारतको गुप्तचरसँग सल्लाह माग्नुपर्छ।

निर्वाचन गर्नुपर्छ ठेकदार दलालहरुलाई प्रतिनिधि बनाउनुपर्छ।

चेलिबेटी बेच्नेहरुलाई निर्वाचनमा उमेदवार बनाउनु पर्छ।
स्थानीय सरकार शक्तिशाली बनाउनुपर्छ
तिनै विचौलियालाई विजय गराउनुपर्छ।

राष्ट्रघाती सन्धिसम्झौता गर्नेलाई केन्द्र बिन्दुमा राख्नुपर्छ।

अनिमात्र प्रजातन्त्र, लुटतन्त्रले स्याबासी पाउँछ।

हत्याराहरुलाई दण्ड होइन् पुरस्कार दिनुपर्छ।
नेपालको सिमाना थिचोमिचो गर्नेहरुलाई गोडा धुनु पर्छ।

लाटा लटौराहरुलाई परमादेशको पञ्चमुखी हनुमानको आशिर्वाद भए पुग्छ।
उखान टुक्का मझेरीमा बसेर सुनाउँदा बालबच्चा फुरुङ्ग पर्छन् ।
देश डुब्दा फिरंङ्गीहरु दङ्ग पर्छन् ।
वीर पुर्खाहरूले धिक्कारेको सहनुपर्छ ।
युवा जति खाडीतीर बुढापाका जति नेता ।
देश बेच्ने जति अझ ठूला नेता।
निर्वाचन गर्नुपर्छ स्यालहरुको रजाइ अझै भोग्नुपर्छ।



प्रतिक्रिया दिनुहोस्