काठमाडौं, ३० चैत्र । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले नेताहरुले घरघरमा नोट थन्क्याएको कारण अहिले आर्थिक संकट आएको टिप्पणी गरेका छन् ।
आज (बुधबार) पर्सामा आयोजित आमसभालाई सम्बोधन गर्दै उनले यस्तो आरोप लगाएका छन् ।
उनले नेताहरुले कमिशन र भ्रष्टाचारबाट कमाएको पैसाको स्रोत खुलाउनुपर्ने भएकाले घरमै थन्क्याएको दाबी गरे ।
उनले राप्रपाको पक्षमा जनलहर देखिएको भन्दै आगामी निर्वाचनमा सफलता हासिल गर्ने बताए ।




प्रतिक्रिया