Logo

एलएलबी प्रवेश परीक्षा जेठ २१ गते, बैशाख ४ गतेदेखि फारम खुल्ला



काठमाडौं, ३० चैत्र । त्रिभुवन विश्वविद्यायलमा कानुन संकाय अन्तर्गत डिनको कार्यालयले एलएलबी पहिलो वर्षमा भर्नाका लागि प्रवेश परीक्षा फारम आगामी बैशाख ४ गतेदेखि खुलाउने भएको छ ।

शैक्षिक सत्र ०७७/०७८ का लागि वार्षिक प्रणालीमा स्नातक तह एलएलबी पहिलो वर्षमा नयाँ विद्यार्थीका लागि भर्ना लिन फारम खुलाएको डिनको कार्यालयले जनाएको छ । एलएलबी अध्ययन गर्न इच्छुक विद्यार्थीहरुले एक महिना (बैशाख ४ देखि जेठ ४ गतेसम्म) फारम भर्न पाउने भएका छन् । फारम र परीक्षाका लागि १ हजार २ सय रुपैयाँ लाग्नेछ ।

त्रिविबाट स्नातक तह उत्तिर्ण गरेकाले फारम भर्न सक्नेछन् । प्रवेश परीक्षा भने जेठ २१ गते शनिबार बिहान ११ देखि दिउँसो २ बजेसम्म हुने जनाइएको छ ।



प्रतिक्रिया दिनुहोस्