Logo

राष्ट्रिय जनमोर्चाको चुनावी घोषणा पत्र सार्वजनिक, राष्ट्रियताको रक्षा गर्दै संघियता खारेजीको माग



काठमाडौ., ३० चैत्र । सत्तारुढ दल राष्ट्रिय जनमोर्चाले स्थानीय तह निर्वाचनका लागि चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । आज रुपन्देहीको बुटबलमा अध्यक्ष चित्रबहादुर केसीले घोषणापत्र सार्वजनिक गरेका हुन् ।

जनमोर्चाले संघीयता खारेजीको विषयलाई मुख्य विषय बनाएको छ । पार्टीले निर्वाचनको मुल नारा ‘गणतन्त्र तथा राष्ट्रियताको रक्षा गरौ, संघियता खारेज गरौ’राखेको छ ।

राजाबादी तथा फासिवादी यी दुईटा बेग्ला बेग्लै धारा गणतन्त्रका विरुद्ध हुन सक्ने सम्भावना देखिएको घोषणापत्रमा उल्लेख गरिएको छ ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot