Logo

वर्षको अन्तिम दिन दोहोरो अंकले बढ्यो नेप्से



काठमाडौं, ३० चैत । यस वर्षको अन्तिम दिन सेयर बजार परिसूचक नेप्से दोहोरो अंकले बढेको छ ।

आज नेप्से ३०.२४ अंकले बढ्दै २४१५ अंकमा बन्द भएको छ ।

आज सबै उपसमूह बढेका छन् । बैंकिङ १७, विकास बैंक ६२, फाइनान्स १५, होटल तथा पर्यटन ४८, जलविद्युत २५, जीवन बीमा ९५, उत्पादन ६२, लघुवित्त १०१, निर्जीवन बीमा १२९, अन्य ४१ र ब्यापार उपसमूह १० अंकले बढेका छन् ।

कुल १६४ कम्पनीको मूल्य बढ्दा २५ को घटे भने ६ को स्थिर रहृयो । नेस्डो लघुवित्तको मूल्य १० प्रतिशत बढ्यो भने आरएमडीसीको ९ प्रतिशतले बढ्यो ।
कारोबार रकमका आधारमा शिवम् सिमेन्ट, अरुणभ्याली हाइड्रोपावर, हिमालयन डिस्टिलरी र एनआईसी एसिया बैंक कारोबार रकमका आधारमा अगाडि रहे ।



प्रतिक्रिया दिनुहोस्

Screenshot