Logo

वीरगञ्ज महानगरपालिकाको मेयरमा एमालेबाट विजयी सरावगीको नाम सिफारिश



काठमाडौं, ३० चैत्र । नेकपा (एमाले) ले वीरगञ्ज महानगरपालिको मेयरमा बहालवाला मेयर विजयकुमार सरावगीलाई सर्वसम्मत सिफारिस गरेको छ ।

सरावगी हालै एमाले प्रवेश गरेका थिए । उनलाई वीरगन्जको मेयर बनाउनकै लागि एमालेमा प्रवेश गराईएको चर्चा थियो ।

एमालेको वीरगञ्ज महानगर कमिटीको बैठकले सरावगीको नाम मेयरमा सर्वसम्मत् रुपमा सिफारिश गरेको हो ।

व्यापारिक पृष्ठभूमिका मेयर सरावगी वीरगञ्जमा पकड भएका नेताको रुपमा चिनिन्छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot