Logo

जनकपुरको मेयरका उम्मेद्धवार महतो जनताको घरदैलो अभियानमा (फोटोफिचर)



काठमाडौं, १ बैशाख । जनकपुर उपमहानगरपालिकाको मेयरमा उम्मेद्धवारी घोषणा गरेका समाजसेवी एवम् व्यवसायी बलराम महतोले चुनावी प्रचारलाई तिव्रता दिएका छन् । महतोले निर्वाचनकेन्द्रित भएर घरदैलो कार्यक्रम नै सञ्चालन सुरु गरेका छन् ।

उनले स्वतन्त्र रुपमा जनकपुरको मेयरमा उम्मेद्धवारी घोषणा गरेका हुन् । जनकपुरको मुहार फेर्नको लागि पनि यसपटक आफू मेयरमा उठेको महतोको भनाई छ । जनकपुरको विकासको लागि ठूला दलहरु उदासिन रहेको उनको गुनासो छ ।

उनले नेतागिरी र भाषण नभई आफूले विकास गर्ने विश्वास दिलाएका छन् । उनले आज नयाँ वर्ष २०७९ को अवसरमा जानकी मन्दिरमा आर्शिवाद ग्रहण गरेर जनताको घरघरमा पुगी नयाँ वषको शुभकामनासमेत आदानप्रदान गरेका छन् ।

महतो यसअघि निर्माण व्यवसायमा थिए । तर, उनले अहिले आफ्नो सबै कम्पनीबाट विश्राम लिएका छन् । उनी अहिले जनकपुरको विकास र समाजसेवामा सक्रिय छन् । महतोलाई जनकपुरमा विकासवादी व्यक्तित्वको रुपमा चिनिन्छ ।



प्रतिक्रिया दिनुहोस्