Logo

‘जुन दलको चिन्हबाट लड्यो त्यही दलको उम्मेदवार’



काठमाडौं, १ वैशाख । राजनीतिक दलहरुले तालमेल गर्दा एउटै दलको चुनाव चिन्हबाट निर्वाचनमा भाग लिने सम्मको सहमति गरेका छन् । ३० चैत्रमा मात्र नेकपा एमालेको सूर्य चिन्हबाट राप्रपा नेपाल र परिवार दलका उम्मेदवारहरु चुनाव लड्ने सहमति बनेको थियो । तर, निर्वाचन आयोगले यसबारे चासो व्यक्त गरेको छ ।

आयोगले बिहिबारको पत्रकार सम्मेलनमा जुन दलको चुनाव चिन्हबाट निर्वाचन लडेको हो त्यही दलको उम्मेदवारका रुपमा मात्र चिन्ने प्रष्ट पारेको छ । आयोगका प्रवक्ता शालिग्राम पौडेलले भने, ‘जुन चिन्हबाट चुनाव लडेको हो त्यही पार्टीको उम्मेदवार हुन्छ ।’

आयोगले चुनाव चिन्ह एउटाबाट लडेर अर्को दलको हो भन्ने नचिन्ने प्रष्ट पारेको छ । प्रवक्ता पौडेलको भनाई अनुसार सूर्य चिन्हबाट चुनाव लडेका परिवार दल र राप्रपा नेपालका उम्मेदवार कानूनी रुपमा एमालेका हुनेछन् ।

विगतमा पनि हृदयश त्रिपाठीलगायत केही नेताहरु सूर्य चिन्हबाट चुनाव लडेर सांसद बनेका थिए । उनीहरु एमालेकै सांसदको रुपमा गनिएका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot