Logo

केशव स्थापित काठमाडौंको मेयर बन्ने दौडमा



काठमाडौं, २ वैशाख । काठमाडौं महानगरपालिकाका पूर्व मेयर केशव स्थापित पुनः मेयरको दौडमा बढेका छन् । उनी एमालेबाट मेयरको उम्मेदवारीका लागि सिफारिशमा परेका छन् ।

स्थापितसँगै काठमाडौंका वर्तमान मेयर विद्यासुन्दर शाक्य पनि सिफारिश नाममा परेका छन् । अन्य सिफारिश नामहरुमा पूर्व राज्यमन्त्री समेत रहेका काठमाडौं क्षेत्र नम्बर ७ का प्रतिनिधि सभा सदस्य रामवीर मानन्धरका अलावा निर्मल देउला र इन्दिरा पन्त छन् ।

काठमाडौंको मेयरको टिकट पाउन स्थापितले विगत एक महिनायता सक्रियता बढाएका छन् । उनले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई बालकोट पुगेर पटक पटक भेटेका छन् । उपत्यकामा मात्र नभई देशभर स्थानीय चुनाव जित्ने रणनीतिबारे छलफल गरेका हुन् ।

सत्ता गठबन्धनसँग चुनाव लड्न कठिन हुने भएकाले ओलीले स्थापितलाई बढाउनेबारे समेत निकटस्थसँग छलफल बढाएको बुझिएको छ । तर, ओली शाक्यलाई बढी विश्वास गर्ने भएकाले स्थापितलाई कठिन छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot