Logo

श्रीलंकामा खाद्यान्न संकटपछि भारतले चामल पठायो



एजेन्सी, २ वैशाख । श्रीलंकामा आर्थिक संकटले खाद्यान्न अभाव हुन थालेको छ । महङ्गीको मारले भोकमरी नै हुनथालेपछि भारतले चामल सहयोग पठाएको छ ।

भारतले ११ हजार मेट्रिक टन चामल कोलम्बोमा पठाएको छ । भारतले निरन्तर चामल सहयोग पठाइरहेको छ ।

भारतले एक अर्ब डलर सहयोगको घोषणा गरेसँगै चामल, औषधीलगायत अत्यावश्यक सामाग्री पठाइरहेको छ । भारतले तेल खरिदका लागि श्रीलंकाले दिनुपर्ने रकमको म्याद पनि बढाइदिएको छ ।

पूर्वाधार विकासमा भारी रकम ऋण लिएको श्रीलंका अहिले संकटमा परेको छ । उसले विदेशी ऋण तिर्न नसक्ने अवस्था बनेको छ । श्रीलंका भौतिक रुपमा त बन्यो तर ऋणको पासोमा पर्यो । उसले बीआरआई अन्तर्गत चीनसँग महङ्गो ब्याजमा सबैभन्दा बढी रकम लिएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot