Logo

सुनको भाउ तोलाको एक लाख दुई हजार



काठमाडौं, बैशाख २ । नेपाली बजारमा शुक्रबार सुनको पाँच सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ तोलाको एक लाख दुई हजार रुपैयाँ कायम भएको छ ।

बुधबार सुन तोलाको एक लाख एक हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो । तेजावी सुनको भाउ तोलाको एक लाख एक हजार पाँच सय रुपैयाँ निर्धारण भएको छ । चाँदीको भाउ १५ रुपैयाँले बढेको छ । बुधबार एक हजार चार सय रुपैयाँमा कारोबार भएको चाँदी आज एक हजार चार सय १५ रुपैयाँ निर्धारण भएको छ ।



प्रतिक्रिया दिनुहोस्