Logo

गृहमन्त्रालयमा सरकार र जनमत पार्टीबीच वार्ता



काठमाडौं, २ बैशाख । सरकार र सिके राउतले नेतृत्व गरेको पार्टीबीच आज भेटवार्ता भएको छ । गृहमन्त्री बालकृष्ण खाँड नेतृत्वको सरकारी प्रतिनिधिमण्डलबीच आज गृहमन्त्रालयमा भेटवार्ता भएको हो ।

वार्तामा अध्यक्ष राउतले पुराना सम्झौताहरुको कार्यान्वयनको माग गरेको एक स्रोतले जनाएको छ । सरकार र राउतबीच गत २०७१ असोज र २०७५ फागुनमा सम्झौता भएको थियो ।

पार्टीको नेता तथा कार्यकर्ताहरुलाई रिहा गर्न, आफुहरुले गरेको कृषि आन्दोलनका मागहरुलाई पुरा गर्न र मधेस आन्दोलनका क्रममा भएका सहमति कार्यान्वयन गर्न राखेको मन्त्रालयले जनाएको छ।



प्रतिक्रिया दिनुहोस्

Screenshot