काठमाडौं, २ बैशाख । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले आवश्यक परे स्थानीय तहको निर्वाचनमा माओवादीले एक्लै लड्नुपर्ने अवस्था आउनसक्ने नेताहरुलाई ब्रिफिङ गरेका छन् ।
आज बसेको पार्टीको हाई कमाण्ड बैठकमा दाहालले यस्तो ब्रिफिङ गरेका हुन् ।
पछिल्लो समय सत्ता गठबन्धनले चुनावी तालमेलको मोडालिटीबारे छलफल गरिरहेको बेला दाहालको यस्तो भनाई आएको हो ।
उनले माओवादीको लागि यो निर्वाचन ठूलो महत्वको विषय भएको पनि उल्लेख गरेका छन् ।
उनले पार्टीका सबै नेताहरुले चुनावमा धेरै नै मेहनत गर्नुपर्नेमा जोड दिएका थिए । ्
उनले चुनावी तालमेलको विषय निकै पेचिलो बनेकोले माओवादीले आफ्नैअनुसारको तयारी गर्नुपर्नेमा जोड दिएका थिए ।
कांग्रेसमा चुनावी तालमेलबारे सभापति शेरबहादुर देउवा र डा. शेखर कोइराला समूहका नेताहरुबीच कुरा बाझिएको छ ।
कोइराला पक्षले सकेसम्म काग्रेस एक्लै लड्नुपर्ने बताएका छन् ।
कतिपय जिल्लाबाट त कांग्रेसको डेलिगेट्स नै आएको छ । file photo




प्रतिक्रिया