काठमाडौं, २ बैशाख । मेगा बैंकको कायम मुकायम प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी रवीना देशराज श्रेष्ठलाई दिइएको छ ।
बैंकको हालै बसेको सञ्चालक समितिको बैठकले अर्को व्यवस्था नभएसम्मको लागि श्रेष्ठलाई कामु सिईओको जिममेवारी दिएको हो ।
बैंकका प्रमुख कार्यकारी अधिकृत अनुपमा खुञ्जेलीको कार्यकाल बैशाख १ गतेदेखि समाप्त भएसँगै बैंकले श्रेष्ठलाई कामुख सिईआको जिम्मेवारी दिएको हो ।
श्रेष्ठ यसअघि नायब प्रमुख कार्यकारीको जिम्मेवारीमा थिईन् ।
उनले आजैबाट बैंकको कायम मुकायम प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हालेकी छिन् ।
Photo Source: FameMandu




प्रतिक्रिया