Logo

भद्रकुमारी घलेद्वारा लिखित एक सय ५१ पुस्तक विमोचन हुँदै



काठमाडौं, ३ वैशाख । वरिष्ठ साहित्यकार भद्रकुमारी घलेद्वारा लिखित विभिन्न विधाका एक सय ५१ पुस्तकहरु वैशाख दश गते विमोचन हुने भएको छ ।

भद्रकुमारी घले सेवा सदनको वार्षिक साधारण सभाका अवसरमा दश गते पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीको प्रमुख आतिथ्यतामा पुस्तक विमोचन हुने भएको हो । यस बारे आज काठमाडौंमा जानकारी दिइएको हो ।

विविध विधाका साहित्य, संस्कृति, कला र आफ्नै जीवन भोगाइसँग सम्बन्धित १४१ पुस्तकहरु प्रकाशित गरिसकेकी घलेले यस अघि एउटै मञ्चबाट ४९ पुस्तकहरुको एकसाथ विमोचन गरिसकेकी छिन् ।

नौ दशक उमेर पार गरिसेककी घलेले गरेको यो कार्य समाजका लािग उदाहरणीय रहने विश्वास गरिएको छ ।

१५१ पुस्तकहरुमा निबन्ध, कविता, र भजन सङ्ग्रहहरु हुनेछन् । तस्विरः दिनेश चौधरी



प्रतिक्रिया दिनुहोस्