गोकुल बाँस्कोटाले जनमोर्चालाई भनेः मोहन विक्रमकी कान्छी


काठमाडौं, ३ वैशाख । नेकपा एमालेका प्रभावशाली नेता गोकुल प्रसाद बाँस्कोटाले राष्ट्रिय जनमोर्चालाई ‘मोहन विक्रम कान्छी’ भनेका छन् । उनले ट्वीटमार्फत् सत्ता गठबन्धनको स्थानीय निकायमा सिट बाँडफाँडको अंकगणितको अनुमान उल्लेख गर्दै जनमोर्चालाई मोहनविक्रमकी कान्छी भनेका हुन् । उनले नेकपा एकीकृत समाजवादी पार्टीलाई माकुने भनेका छन् ।

जनमोर्चाको उपाध्यक्षमा मोहन विक्रम सिंहकी पत्नी दुर्गा पौडेल छिन् । उनी पार्टीका तर्फबाट गठबन्धनको बैठकमा सहभागी हुँदै आएकी छिन् । सांसद समेत रहेकी पौडेल मोहन विक्रमकी कान्छी पत्नी हुन् ।

बाँस्कोटाले ७५३ स्थानीय निकायको कूल सिटमध्ये काँग्रेसले ४००, माओवादी केन्द्रले २८८, नेकपा एकीकृत समाजवादी पार्टीले १६२, जनता समाजवादी पार्टीले १५० र राजमोले ४७ सिट पाउने अनुमान समेत उल्लेख गर्दै व्यङ्ग्य गरेका छन् ।

गोकुल बाँस्कोटाले लेखेका छन्ः गठवन्धन गणित कांग्रेस ४००+माके २८८+माकुने१६२+जसपा १५०+मोहनबिक्रमकी कान्छी ४७ – ७५३=सम्पुर्ण सत्ता कब्जा