Logo

आमासँग नाच्दै रणवीर कपुर



एजेन्सी, ३ बैशाख । बलिउड अभिनेता रणवीर कपुर र अभिनेत्री आलिया भट्ट विवाहपछि पनि चर्चामा छन् । यो जोडी अप्रिल १४ मा विवाह बन्धनमा बाँधिएको थियो । हालै आलियाले आफ्नो सामाजिक सञ्जालमा मेहन्दीको ८ तस्बिर सेयर गरेकी छिन् ।

आलिया ८ लाई आफ्नो भाग्यशाली नम्बर मान्छिन्, त्यसैले उनले आफ्नो विवाहको ८ वटा तस्बिर मात्र शेयर गरिरहेकी छिन् । यी तस्बिरहरूमा आलिया–रणवीर आफ्नो परिवारका सदस्यहरूसँग रमाइलो गरिरहेको देखिन्छ। एउटा तस्बिरमा रणबीर आफ्ना दिवंगत बुवा ऋषि कपूरको तस्बिर खिचिरहेको पनि देखिन्छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot