Logo

स्याङ्जामा जीप दुर्घटनाः ४ जनाको मृत्यु



काठमाडौं, ४ बैशाख । आज स्याङ्जाको वालिङमा यात्रीबाहक जीप दुर्घटना भएको छ । वालिङ नगरपालिका–१२ माथिल्लो डाँडाखर्कमा जीप दुर्घटना हुदाँ ४ जनाको मृत्यु भएकोे प्रहरीले जनाएको छ ।

डाँडाखर्कबाट वालिङ बजारतर्फ आउँदै गरेको ग १ ज ७३९९ नम्बरको जीपमा ११ जना सवार थिए । अन्य ७ जनाको भने उद्धार गरेर वालिङ पठाइएको प्रहरीले जनाएको छ । दुर्घटना भएको जीपको नम्बर हालसम्म खुल्न सकेको छैन् । अन्य ३ जनाको अवस्था पनि गम्भिर रहेको बताइएको छ ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot