Logo

खेतमा किशोरी बलात्कार गर्ने युवक पक्राउ



बर्दिया, ४ बैशाख । १४ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक युवक पक्राउ परेका छन् ।

१४ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा बारबर्दिया नगरपालिका–३ खुरखुरे बस्ने सुर्खेत ब्राह्राताल गाउँपालिका–४ घर भएका २५ वर्षीय गगन कामीलाई शनिबार राति प्रहरीले पक्राउ गरेको जनाएको छ ।

सोही नगरपालिका–६ पथ्थरडाँडास्थित खेतमा किशोरीलाई शुक्रबार साँझ जबरजस्ती करणी गरेको खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय बानियाभारबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जनाएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot