Logo

लुक्ला उडेको समिट एयरको विमान १५ मिनेटमै काठमाडौंमा फर्काइयो



काठमाडौं, ४ बैशाख । समिट एयरको लुक्ला उडेको विमान १५ मिनेटमै काठमाडौंमा अवतरण गरिएको छ । ११ बजेर ५ मिनेटमा लुक्लाको लागि उडेको विमानको इन्जिनमा समस्या आएपछि काठमाडौंमै सकुशल अवतरण गरिएको हो ।

१० विदेशी, ५ जना नेपाली र ३ जना चालकदलका सदस्यसहित १८ जना सवार रहेको उक्त विमानको बायाँ इन्जिनमा समस्या देखिएको हो । सुरक्षा प्रबन्धसहित विमानलाई अवतरण गराइएको थियो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot