Logo

सरकारको निर्णयविरुद्ध गभर्नर अधिकारी सर्वोच्चमा, निलम्बन खारेजीको माग



काठमाडौं, ४ वैशाख । नेपाल राष्ट्र बैंकका निलम्बित गभर्नर महाप्रसाद अधिकारी निलम्बन खारेजीको माग गर्दै सर्वोच्च अदालत पुगेका छन् ।

आफूलाई राष्ट्र बैंकको गभर्नरबाट निलम्बन गर्ने सरकारको निर्णय खारेजीको माग गर्दै उनी सर्वोच्च अदालत पुगेका हुन् ।

चैत २५ गते सरकारले गभर्नर अधिकारीलाई राष्ट्र बैंकको गभर्नरबाट निलम्बन गर्ने निर्णय गरेको थियो ।

गभर्नरको जिम्मेवारीमा फर्काउनका लागि पनि उनले अन्तरिम आदेशको माग गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot