Logo

बालुवाटारमा गठबन्धन कार्यदलको बैठक जारी



काठमाडौं, ४ बैशाख । पाँचदलिय सत्ता गठबन्धनको निर्वाचन तयारी तथा अनुगमन समितिको बैठक बालुवाटारमा जारी छ ।

महानगरपालिका तथा उपमहानगरपालिकाको भागबण्डाका विषयमा छलफल गर्न कार्यदलको बैठक बसेको हो ।

आजको बैठकमा ६ वटा महानगरपालिका र ११ उपमहानगरपालिकाको सिट भागबण्डाबारे छलफल हुने जनाईएको छ ।

आज बिहान बसेको गठबन्धनका शीर्ष नेताहरुको बैठकले भागबण्डाबारे छलफल गर्ने जिम्मेवारी दिएको थियो । भोलिसम्म सिट बाँडफाँट र तालमेलको टुंगो लगाउने बुझिएको छ ।



प्रतिक्रिया दिनुहोस्