बानेश्वरमा जेनेरेटर सर्ट भएर स्कुटरमा आगलागी


काठमाडौं, ४ बैशाख । काठमाडौंको बानेश्वरमा स्कुटरमा आगलागी भएको छ ।

आइतबार अर्याल होटल नजिकै रहेको घरको जेनेरेटर सर्ट भएर स्कुटरमा आगलागी भएको प्रहरीले जनाएको छ ।

तर आगलागी भने अहिले नियन्त्रणमा आएको छ ।