Logo

काठमाडौं महानगरको मेयरमा स्थापितलाई अघि सार्ने एमालेको तयारी, को-को छन् रेसमा ?



काठमाडौं, ४ बैशाख । नेकपा (एमाले) ले काठमाडौं महानगरको मेयरमा केशब स्थापितलाई अघि सार्ने तयारी गरेको छ। एमोलेले मेयरमा अहिलेका मेयर विद्यासुन्दर शाक्य, पूर्वमन्त्री एवम् प्रतिनिधिसभा सदस्य रामवीर मानन्धर, केशब स्थापित, निर्मला देउला र ईन्दिरा पन्तसहित पाँच जनाको नाम सिफारि गरेको छ ।

एमाले महानगर कमिटिको गत बुधबार बसेको बैठकले यी पाँच जनाको नाम मेयरमा सिफारिश गरेको थियो । तर, पछिल्लो समय एमाले नेतृत्वले भने मेयरमा यसपटक स्थापितलाई अघि सार्ने तयारी गरेको विशेष सुत्रले जनाएको छ । स्थापित काठमाडौं महानगरमा निकै नै चर्चित छन् ।

उनको काम गर्ने शैलीप्रति एमाले नेतृत्व पनि सन्तुष्ट छ। स्थापितले भने आफूले टिकट पाए जित्ने दाबी गर्दै आएका छन् । उनले पार्टीले जसलाई टिकट दिएपनि आफू जिताउन लागिपर्ने पनि बताएका छन् । यसपटक काठमाडौं महानगरमा एमालेबाट नेतृत्वको लागि रेसमा स्थापित र मानन्धर अघि देखिएका छन् । file photo



प्रतिक्रिया दिनुहोस्