Logo

सशस्त्रमा राजु अर्याल अबको आइजीपी



काठमाडौं, ४ वैशाख । सशस्त्र प्रहरी बलमा राजु अर्यालले २० वैशाखबाट सशस्त्रको कमाण्ड सम्हाल्ने निश्चितप्रायः भएको छ । उनलाई सशस्त्रको एआइजीमा बढुवा सिफारिश गरेसँगै आइजीपी बन्ने निश्चितप्रायः भएको हो ।

अर्याल आफ्नो ब्याचीमा एकमात्र एआइजी हुनेछन् । आइजीपी पुष्पराम केसीले ३० वर्षे सेवावधि पूरा गरी १९ वैशाखमा सेवानिवृत्त हुने भएका छन् । उनकै ब्याची अर्का एआइजी पनि सँगै घर जानेछन् । त्यसपछि अर्याल एकमात्र प्रतिष्पर्धीका रुपमा रहने भएकाले आइजीपी बन्ने पक्का भएको हो ।

अर्याल डिआइजी हुँदा पनि आफ्नो ब्याचीमा वरियतामा पहिलो नम्बरमा थिए । उनी यसअघि सशस्त्र प्रहरी प्रवक्ता थिए ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot