सत्ता गठबन्धनको बैठक बस्दै


काठमाडौं, बैशाख ५ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सत्ता गठबन्धनको बैठक आजपनि बस्ने भएको छ । अहिले बिहान ९ बजे बस्ने बैठकमा महानगर र उपमहानगरपालिकामा सिटको बाँडफाँटबारे निर्णय हुन सक्ने जनाइएको छ ।

आजको बैठकमा गठवन्धनमा यसअघी भएका सहमतिलाई कार्यान्वयन गर्दै स्थानीय तहमा चुनावी तालमेलको खाका, स्थानीय तह बाँडफाट, पछिल्लो राजनीतिक अबस्था लगायतका विषयमा छलफल हुने जनाइएको छ ।