Logo

श्रीलंकामा इन्धन वितरणमा कडाई



एजेन्सी, ५ वैशाख । श्रीलंकामा इन्धनमा कडाई गरिएको छ । आर्थिक संकटले इन्धन खरिद गर्न नसकिरहेको उसले अत्यावश्यक सवारी साधनलाई मात्र पर्याप्त इन्धन वितरण गर्न सुरु गरेको छ ।

शुक्रबारबाट मोटरसाइकल, तीन पाङ्ग्रे, कार, भ्यान र जीपलाई निश्चिम परिमाणमा तेल वितरण भएको छ । बस, ट्रक र व्यवसायिक सवारी साधनलाई भने इन्धन वितरणमा निगरानी छैन ।

सिलोन पेट्रोलियम कर्पोरेशनले आवश्यकताभन्दा बढी तेल संचिती नगर्न र गाडीमा नभर्न आग्रह गरेको छ ।

ऋणको जालोमा परेर श्रीलंका तेल खरिद सम्म गर्न नसक्ने अवस्थामा छ । भारतले इन्धन खरिदका लागि ५० करोड डलर उपलब्ध गराइसकेको छ । उक्त रकम भविष्यमा तिर्नुपर्ने हुन्छ ।

श्रीलंकामा खाद्य संकट बढेको छ । उसलाई भारतलगायतका देशले सहयोग गरिरहेका छन् ।



प्रतिक्रिया दिनुहोस्