Logo

रहेनन् वडा सदस्य निरजराज सत्याल



काठमाडौं, ५ बैशाख । काठमाडौँ महानगरपालिका वडा नं ३० का वडा सदस्य निरजराज सत्यालको निधन भएको छ । विसं २०७४ को स्थानीय तहको निर्वाचनमा काठमाडौँ महानगरपालिका वडा नं ३० को वडा सदस्यमा निर्वाचित सत्यालको आइतबार राति ९ बजे निधन भएको हो ।

उनी लामो समयदेखि क्यान्सर रोगबाट पीडित हुनुहुन्थ्यो । उनले भक्तपुर क्यान्सर अस्पतालमा उपचार गराउँदै आएका थिए।

नेपाली कांग्रेसको प्रमुख भातृ संस्था नेपाल विद्यार्थी सङ्घबाट आफ्नो राजनीति अगाडि बढाएका सत्याल त्रिचन्द्र क्याम्पसको पूर्वस्ववियु पदाधिकारी भएका थिए । उनी काठमाडौँ क्षेत्र नं ४ को पूर्वक्षेत्रीय सदस्यसमेत थिए ।

उनको गए राति नै पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको छ । सत्यालका आमा, श्रीमती र एक छोरी छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot