काठमाडौं, ५ बैशाख । आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको लागि दलहरुले चुनावी तयारी थालिसकेका छन् । ने
पाली कांग्रेसले ललितपुर महानगरमा कसलाई मेयरको उम्मेद्धवार बनाउँछ भन्ने अहिले चासोको विषय बनेको छ।
अहिलेका मेयर चिरिबाबु महर्जन नै दोहोरिन चाहेको कुरा पनि बाहिर आएको छ ।
तर, युवा पुस्ताले भने युवा नेता अनन्तप्रकाश श्रेष्ठलाई यसपटक मेयरमा अघि सार्नुपर्ने दबाब दिएको छ ।
श्रेष्ठ कांग्रेसनिकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघबाट पाटन संयुक्त क्याम्पसमा सर्वप्रथम स्वतन्त्र नेपाल बिधार्थी युनियनको सभापती पदमा विजयी भई ईतिहास रच्न सफल नेताको रुपमा परिचित छन् ।
उनी तरुण दल ललितपुर निवर्तमान अध्यक्ष पनि हुन् ।
उनी हाल कांग्रेसको महाधिबेशन प्रतिनिधि हुन् ।
नगरवासीको इच्छा र चाहना अनुसार आफुले ललितपुरको मेयरमा दाबी गरेको श्रेष्ठको भनाई छ ।
ललितपुरको समग्र विकासमा आफूले योगदान पुर्याउनेसक्ने पनि उनको अठोट रहेको छ ।
जिल्लामा प्रायः सबै नेताले उनलाई रुचाएका छन् ।




प्रतिक्रिया