Logo

भैरबस्थान मन्दिर नजिकै महिलालाई बलात्कार गरेपछि…



पाल्पा, ५ बैशाख । ७० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक युवक पक्राउ परेका छन् । महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा रिब्दिकोट गाउँपालिका–४ भैरबस्थान बस्ने २७ वर्षीय संजय सुनारलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

सुनारले ती महिलालाई सोही ठाउँस्थित भैरबस्थान मन्दिर नजिकै शनिबार राति जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी हार्थोकबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot