Logo

रोनाल्डोको छोराको मृत्यु



एजेन्सी । म्यान्चेस्टर युनाइटेडका सुपरस्टार खेलाडी क्रिस्टियान रोनाल्डोको नवजात जुम्ल्याहा बच्चा मध्ये एकको मृत्यु भएको छ । सोमबार राति रोनाल्डो र उनको प्रेमिका जिओर्जिना रोड्रिग्वेजले नवजात जुम्ल्याहा बच्चा मध्ये छोराको मृत्यु भएको जनकारी दिएका हुन् ।

यस्तै छोरीको स्वास्थ्य अवस्था भने ठीक रहेको रोनाल्डोले बताएका छन् । गत अक्टोबरमा रोनाल्डो र रोड्रिग्वेजले जुम्ल्याहा बच्चाको आशा गरेका थिए । यसअघिपनि रोनाल्डोको एक जुम्ल्याहासँगै चार छोराछोरी रहेका छन् ।



प्रतिक्रिया दिनुहोस्