Logo

रोनाल्डोको जुम्ल्याहा शिशुमध्ये छोराको मृत्यु छोरी बाँचिन्



एजेन्सी, ६ वैशाख । फुटबल स्टार क्रिस्टियानो रोनाल्डोको जुम्ल्याहा बच्चा मध्ये छोराको मृत्यु भएको छ । उनकी छोरी भने बाँचेकी छिन् ।

३७ वर्षीय रोनाल्डो र २८ वर्षीया जर्जिना रोड्रिगेजबाट जुम्ल्याहा बच्चाको जन्म हुने आशा गरिएकोमा छोराको मृत्यु भएको हो । उक्त घटनाबारे जानकारी दिदै घटनालाई दुःखद भनेका छन् ।

सामाजिक सञ्जालमा रोनाल्डोले छोराको मृत्यु भएको जानकारी दिएका थिए । रोनाल्डो र रोड्रिगेजले अक्टोबरमा गर्भधारणको खुलासा गरेका थिए ।

रोनाल्डोका छोरा क्रिस्टियाना जुनियर २०१० मा, जुम्ल्याहा इभा र माटिओ २०१७ मा, छोरी अलाना मार्टिना २०१७ मा जन्मिएका थिए । उनको बाँचेकी छोरी पाचौं सन्तान हुन् ।



प्रतिक्रिया दिनुहोस्