Logo

नुवाकोटको पञ्चकन्यामा माओवादी केन्द्रको तर्फबाट राजन गौतम उठदै



काठमाडौं, बैशाख ६ । आसन्न स्थानीय निर्वाचनको सरगर्मी बढ्न थालेसँगै नुवाकोटको पञ्चकन्या गाउँपालिकामा माओवादी केन्द्रको तर्फबाट राजन गौतम नकुलको व्यापक चर्चा सुरु भएको छ ।

सामाजिक राजनैतिक परिवर्तनमा जीवन उत्सर्ग गरी जनयुद्ध र त्यसपछिका हरेक आन्दोलनमा खट्ने गौतम जिल्लामै लोकप्रिय युवा नेता मानिन्छ ।

माओबादी केन्द्रको सहायक संगठन वाइसिएलको विभिन्न जिम्मेवारी र पार्टीको विभिन्न जिम्मेवारीमा रहेका गौतम हाल माओबादी केन्द्रको बागमती प्रदेश समिति सदस्य र वाइसियल नेपाल बागमती प्रदेश संयोजकको जिम्मेवारीमा छन् ।

जनताको आवश्यतामा आधारित दिगो विकास र आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्न दक्ष जनशक्ति निर्माण र परिचालन गर्नुपर्ने तर्क गर्ने गौतम स्पष्ट वक्ताको रुपमा परिचित छन् । गौतम विपक्षी पार्टीहरू माझ पनि निकै चर्चित र लोकप्रिय छन् ।

नेकपा माओवादी केन्द्रको गत महाधिबेसन देखि युवाहरुलाई जिम्मेवारी दिने नीति अख्तियार गरेको छ । सोही अनुरूप वाइसियल नेपालले प्रदेश संयोजक गौतमलाई पञ्चकन्या गाउँपालिकाको अध्यक्षमा सिफारिस गरिएको एक वाइसियल केन्द्रीय सदस्यले जानकारी दिए ।

माओवादी केन्द्रले पार्टीमा सर्कुलर जारी गरेर पुराना उम्मेद्वारहरू नदोहोर्याउने नीति लिएको र जित्नेलाई टिकट दिने भएकोले पनि गौतमको उम्मेदवारी पक्का हुन सक्ने श्रोतको दाबी छ ।



प्रतिक्रिया दिनुहोस्