Logo

तोलाको चार सयले घट्यो सुनको मूल्य



काठमाडौं, ६ वैशाख । मंगलबार सुनको मूल्य तोलाको ४०० रुपैयाँले घटेको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला ४०० रुपैयाँले घटेर १ लाख २ हजार १०० रुपैयाँ कायम भएको छ ।

यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख १ हजार ६०० रुपैयाँ निर्धारण भएको छ ।

मंगलबार चाँदीको भाउ भने स्थिर रहेको छ । चाँदीको भाउ प्रतितोला १४२० रुपैयाँ कायम रहेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot