Logo

पोखरा महानगरपालीकाः उम्मेद्वारी फिर्ता लिन अटेरी समूहलाई एमालेका उम्मेद्वारको धम्की



काठमाडौं, ६ वैशाख । पोखरा महानगरपालीकाबाट स्वतन्त्र मेयरको उम्मेद्वारी दिएका साहित्यकार गणेश पौडेलले आफ्नो समूह (अटेरी समूह)का उम्मेद्वारलाई नेकपा (एमाले)का उम्मेद्वारले धम्क्याएको आरोप लगाएका छन् ।

उनले सामाजिक सञ्जालमार्फत यस्तो आरोप लगाएका हुन् । एमालेबाट मेयरमा उठ्ने नाम चलेका व्यक्तिले फोन मार्फत उम्मेदवारी फिर्ता लिन अस्वाभाविक दबाब दिने गरेको आरोप लगाएका छन् ।

अटेरी समूहको सूरुवात गरेका उनले समूह बनाएर देशका बिभिन्न ठाउँमा अटेरी उम्मेद्वारहरु खडा गरेका छन् ।

उनले लेखेका छन्, ‘एमालेबाट पोखराको मेयरमा उठ्ने नाम चलेका एक नेताले हाम्रा उम्मेदवारलाई फोन गरेर धम्क्याउने, उम्मेदवारी फिर्ता लिन अस्वाभाविक दबाब दिने काम गरिराख्नु भएको छ । मित्र, तपाईंको ठेक्कामा छ यो देश रु नागरिकले आफ्नो स्वतन्त्रताको उपभोग गर्दा, आफ्नो अधिकारको प्रयोग गर्दा तपाईँसँग सोध्नु पर्ने ? कस्तो दादागिरी हो यो ?’

 

नोटः यसअघि प्रकाशित समाचारमा असावधानी पूर्वक रश्मी आचार्यको नाम प्रकाशीत भएकोमा सच्चाइएको छ ।



प्रतिक्रिया दिनुहोस्