नेकपा एसको चुनावी घोषणापत्र सार्वजनिक


काठमाडौं, ६ बैशाख । सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी)ले चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । पार्टीको स्थानीय तहको निर्वाचनको घोषणापत्र अध्यक्ष माधव कुमार नेपालले आज सार्वजनिक गरेका हुन् ।

राष्ट्रिय सभा गृहमा आयोजित एक कार्यक्रमकाबीच सार्वजनिक गरिएको घोषणापत्रमा एमालेबाट चिढिएर नयाँ पार्टी गठन गर्नुपरेको उल्लेख गरिएको छ ।

घोषणापत्रमा अध्यक्ष नेपालको नेतृत्वको सरकारले गरेका काम र आफ्नो गाउँ आफै बनाऔं जस्ता कार्यक्रमहरु समेटिएको छ ।