Logo

‘गठबन्धन सहमति नजिक’



काठमाडौं, ६ वैशाख । सत्ता गठबन्धनबीच चुनावी तालमेल निष्कर्ष नजिक पुगेको छ । आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठक सहमतिको नजिक पुगेको सरकारका प्रवक्ता समेत रहेका सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

कार्कीले बैठक जारी रहेको र निष्कर्षको चरणमा प्रवेश गरेको बताए । उनले भने,‘हामी निष्कर्षको चरणमा प्रवेश गरेका छौं र बैठक जारी छ ।’
६ वटा महानगरपालिका र ११ वटा महानगरपालिकामा तालमेलको विषयमा अन्तिम चरणमा प्रवेश गरेको बताए । सबैबाट सकारात्मक विचारहरु आएको उनको भनाई छ ।

देशभर चुनावी तालमेल गर्ने गरी सत्ता गठबन्धनले बैठक राखेर सहमति बनाउन खोजिरहेको छ । आज लामो बैठक बसेर सहमति नजिक पुगिएको कार्कीले बताए ।

गठबन्धनबीच महानगरपालिकाको मेयरमा सहमति बनिसकेको छ । अब महानगरपालिकाको उपमेयर र उपमहानगरपालिकाको मेयर तथा उपमेयरका लागि कुरा मिल्न बाँकी रहेको बुझिएको छ ।-Photo: Mukunda Kalikote/Reportersnepal



प्रतिक्रिया दिनुहोस्

Screenshot