बरिष्ठ समाजसेवी एवम् ईन्जिनियर भगवान झा एमालेमा प्रवेश, ओलीले गरे स्वागत


काठमाडौं, ६ बैशाख । बरिष्ठ समाजसेवी एवम् बरिष्ठ ईन्जिनियर भगवान झा नेकपा (एमाले) मा प्रवेश गरेका छन् ।

झालाई आज (मंगलबार) साँझ एमाले अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोख्रेलले पार्टीमा स्वागत गरेका हुन् ।

मधेश प्रदेशमा राम्रो प्रभाव जमाएका झा एमाले प्रवेशसँगै एमालेजनमा खुशियाली छाएको छ ।

अध्यक्ष ओलीको बालकोटस्थित् निवासमा एक कार्यक्रमबीच झा एमालेमा प्रवेश गरेका हुन् ।कार्यक्रममा एमाले नेताहरु भानुभक्त ढकाल, मोतिलाल दुगडलगायत उपस्थित थिए।

नेपाल सरकारको सिडिइबाट सेवा निवृत झा समाजसेवाको साथै लामो समयदेखी मिथिला संस्कृतिको संरक्षण र प्रर्वद्धनमा क्रियासिल छन।

ई. झा हाल राष्ट्रिय ईन्जिनियर संघ नेपालका अध्यक्षसमेत रहेका थिए ।

झा मैथिल ब्रम्हाण सभाका केन्द्रीय अध्यक्ष हुन् ।

Related News:

बेरोजगार र शोषित छन् इन्जिनियर