Logo

एनआइसी एसिया बैंकको खुद नाफा बढ्यो



काठमाडौं, ७ वैशाख । एनआइसी एसिया बैंकको खुद नाफा चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा १९.९६ प्रतिशतले बढेको छ ।

गत वर्ष बैंकले ३ अर्ब ४८ लाख १५ हजार रुपैयाँ नाफा कमाएकोमा बढेर यस वर्ष ३ अर्ब ६० करोड ४५ लाख ९८ हजार रुपैयाँ पुगेको छ ।

चैत मसान्तसम्म वतरणयोग्य नाफामा १ अर्ब ३८ करोड ४५ लाख ६६ हजार रुपैयाँ रहेको छ । एनआइसी एसियाको खुद ब्याज आम्दानी २५.४२ प्रतिशत र सञ्चालन नाफा १६.३३ प्रतिशतले सुधार भएपछि खुद नाफा बढेको हो । चैत मसान्तसम्म यस बैंकको प्रतिसेयर नेटवर्थ २१० रुपैयाँ ११ पैसा छ ।

यस्तै, रिजर्भ कोष २५.९६ प्रतिशतले र रिटेन्ड अर्निङ ८६.५६ प्रतिशतले बढेको छ । पुँजी वृद्धिको दबाब नहुँदा प्रतिसेयर आम्दानी पनि आकर्षक देखिएको छ । गत वर्षको तुलनामा प्रतिसेयर आम्दानी ७ रुपैयाँ ७ पैसाले बढेर ४१ रुपैयाँ ९४ पैसा कायम भएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot